झापा , पुष २ । मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिँउसो २ बजे बिराटनगर महा–नगरपालिका–१३ सैनिक टोलबाटे प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका–६ का ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी हिजो राती ७ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–७ अधिकारी टोल की ५० बर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्