बिर्तामोड , पुष ३ । पौडेल वंशोद्धार बिर्तामोड नगर समितिको सातौं साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड ८ गरामनीमा आयोजित कार्यक्रममा उत्कृष्ट बुहारीमा गीता पौडेल र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने प्रतीक्षा लक्ष्मी पौडेल र बिशाल पौडेललाई सम्मान गरिएको छ।
यस्तै जेष्ठ नागरिक रिखेश्वरी पौडेल र उमानाथ पौडेललाई सम्मान गरिएको छ । समितिका केन्द्रीय उपाध्यक्ष प्रल्हादकुमार पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपाध्यक्ष हरि पौडेलले स्वागत गरेका थिए । समितिका अध्यक्ष कमल पौडेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन पारस पौडेलले गरेका थिए ।

नगरभित्र हाल ३ सय १० घरपरिवार पौडेलले बसोबास गर्दै आएका छन् । यसैबीच हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा सागर पौडेल, सचिव प्रेमा पौडेल, उपसचिव टंकप्रसाद पौडेल र कोषाध्यक्षमा सुष्मा पौडेल चयन भएका छन् । यस्तै सदस्यमा सुरेन्द्र ,ज्ञानबहादुर,दिपक,केदार ,जयप्रसाद,लक्ष्मीप्रसाद,निशा,बिष्णुप्रसाद,दिननाथ पौडेल चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्