बिर्तामोड, पुष ४ । नेकपा (एकीकत समाजवादी ) निकट कर्मचारी र पेशाकर्मीहरुको झापा जिल्ला कमिटी गठन भएको छ ।

कनकाईस्थित धनुषकोटी धाममा आयोजित भेलाले एकैदिन दुईवटा कमिटी गठन गरेको हो । त्यसक्रममा गठित नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला अध्यक्षमा निरोज कट्टेल रहेका छन भने पेशागत महासंघको जिल्ला अध्यक्षमा तुलसी निरौला चयन भएका छन ।
नेकपा ( एकीकृत समाजवादी) झापा जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको नेपाल निजामती कर्मचारी संगठन झापाको उपाध्यक्षमा प्रतीक्षा शाह, इन्दु खवास, सचिवमा पोषराज पोखरेल, सहसचिवमा यादव पोखरेल तथा सदस्यहरुमा रोहित महत, कबिराज गिरी,शर्मिला सेडाई, रामनारायण शर्मा, जयप्रसाद यादव, विकास ढकाल र मुकुन्द शिवाकोटी रहेका छन् ।

यसैगरी तुलसी निरौलाको अध्यक्षतामा गठित पेशागत महासंघको उपाध्यक्षमा पुण्य अर्याल, सचिवमा मोहन ढकाल, सहसचिवमा खेमनाथ गुरागाई तथा सदस्यहरुमा बबिता भट्टराई, सुवर्ण भट्टराई, ज्ञानबहादुर कार्की, किशोर संग्रौैला, टिकाराम उप्रेती, किशोर उपरकोटी र उमेश भारती छन् ।
महासंघको सल्लाहकारमा किशोर खनाल, तीर्थ सिग्देल र सोमनाथ गुरागाई छन् । पेशागत महासंघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज मदन खतिवडाको अध्यक्षतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मी, आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेल,निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भुवन सुब्बा, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, महासंघका प्रदेश सहइन्चार्ज केन्द्र प्रसाईं, प्रगतिशील शिक्षक संगठनका केन्द्रीय सदस्य भिम दाहालले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रगतिशील शिक्षक संगठनकी उप महासचिव सुभद्रा भट्टराईले संचालन गरेको भेलामा स्वागत मन्तब्य शिक्षक तथा पार्टी केन्द्रीय सदस्य शारदा घिमिरेले ब्यक्त गरेकी थिइन् । भेलामा कर्मचारी संगठनका नेताहरु प्रकाश राई, चेतनाथ न्यौपानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्