झापा , पुष ५ । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य झापा बिर्तामोड निवासी सुधिरकुमार शिवाकोटी केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

खुल्लातर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका संबिधानसभा सदस्य शिवाकोटीले १२२९ मत ल्याएका छन् ।उनी झापाका पूर्व पार्टी सभापति पनि हुन् । ३५ जनाको खुल्ला सदस्यमा ९९ जनाले निर्वाचन लडेका थिए । सबैभन्दा पुछारमा १७०७ मत ल्याएका कृष्णकिशोर घिमिरे ३५ औं स्थानमा परेर निर्वाचित भएका छन् ।

झापाबाट खस आर्य कोटाबाट केशवकुमार बुढाथोकी , महिलाबाट सरिता प्रसाई , सुशिला ढकाल , उमा शिवाकोटी , महिन्द्रा सुब्बा , गोमा भट्टराईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए । उनीहरुको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि पराजित भएका छन् । उनले १६४४ मत पाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्