बिर्तामोड,पुष ६ । झापाको बिर्तामोड नगरपालिका–१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० बर्षिय यामनाथ राय रहेका छन् । बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड.सि. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्