बिर्तामोड , पुष ७ । मुसाका कारण नेपाल विद्युत प्राधिकरणको अनारमनी सबस्टेशनमा फेरि विष्फोट भएको छ ।

सबस्टेशनको इनकमर वानमा मुसा पसेर विस्फोट हुँदा हिजो साँझ बिर्तामोड, गरामनी र चारआली क्षेत्र करीव ४ घण्टा विद्युतविहीन बन्यो । विष्फोट भएर साँझ ६ बजेतिर तीनवटा फिडरमा विद्युत् अवरुद्ध बन्यो । मर्मतपछि राति साढे १० बजेतिर मात्र विद्युत् आपूर्ति सुचारु भएको थियो ।
सबस्टेशनको इनकमर वानमा मुसा छिर्दा विष्फोट भएर बिर्तामोड, गरामनी र चारआली क्षेत्रमा विद्युत अवरुद्ध बनेको अनारमनी वितरण केन्द्रका प्रमुख सुधिर रायले बताए । उनले जाडो मौसमका कारण मुसा , सर्प , छेपारोजस्ता जन्तु सवस्टेशनको मेशिनमा छिर्ने गरेको बताए ।यसअघि गत कात्तिक २७ गते पनि मुसाका कारण विष्फोट हुँदा ती तिनैवटा फिडरमा दिनभरि विद्युत अवरुद्ध भएको थियो । बिजुली नहुँदा उद्योग धन्दा प्रभावित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्