बिर्तामोड , पुष १४ । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको राप्ती–४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला–३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी–४ निवासी २३ वर्षीय अनिल वि.क. रहेको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार दमक नगरपालिका–२ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो । एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्