बिर्तामोड , पुष १४ । मोरङको उर्लाबारी नगरपालिका–८मा भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का २० बर्षिय मंगल सिंह राई रहेका छन् । हिजो राती ८ बजेको समयमा को . १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक–३ का १९ बर्षिय बिकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मगल सिंह राईको बि.एण्ड.सि. अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा राईको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्