बिर्तामोड , पुष १९ । धनकुटाको चौबिसे गाउँपालिका–८ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको चक्काले किचेर सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा चौबिसे गाउँपालिका–८ देउरालीका २० बर्षीय सुजन सोदेन लिम्वु रहेका छन् । हिजो राति साढे ७ बजे काठको गोलिया लिन जाँदै गरेको को.१ त ४७११ नम्वरको ट्रयाक्टरबाट सहचालक लिम्वु अचानक लड्दा चक्काले किचेर घाईते भई उपचारको लागि धरान घोपा लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालक भोजपुरका २४ बर्षीय बिजय राई तत्काल फरार रहेकोले खोजतलास तथा घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्