झापा , पुष २० । सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो ३ बजे कचनकवल वडा नं. ६ दलेगाउ सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापामातहत बिओपि पाठामारीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको चेकप्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कचनकवल वडा नं. ७ बस्ने २४ बर्षिय बिनोद बस्नेत र सोही ठाउँका १८ वर्षिय निखिल रेग्मी रहेका छन् । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट अन्दाजी ५.५० ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारवाही लागि प्रहरी चौकी पाठामारीमा बुझाएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्