बिर्तामोड , पुष २३ । इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगलमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कोशी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकललाई बिहीबार राति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । सवारीसाधन र बस चालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्