बिर्तामोड , पुष २४ । बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः लवकुमार चौधरी निर्वाचित भएका छन् ।

संस्थाको शनिवार भएको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले लवकुमारलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा युवराज बिमली , सचिव मीरा कार्की खड्का , सहसचिव रुपवती राजवंशी(रुपा) र कोषाध्यक्षमा रामु सिंह निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नरेशमान धिमाल , झलक राजवंशी ,प्रेम राजवंशी ,पशुपति राजवंशी ,दमन्ता पोखरेल दाहाल र विष्णुकुमार चौधरी रहेका छन् ।

त्यस्तै नथुनीप्रसाद शाह संयोजक , महादेव चौधरी र पूर्णप्रसाद काफ्ले सदस्य भएको तीन सदस्यीय लेखा समिति पनि चयन गरिएको निर्वाचन समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए । निर्वाचन गराउन राजवंशीको संयोजकत्वमा तेजनारायण चौधरी र कृष्णप्रसाद बराल सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो । पूर्व सांसद डिल्लीप्रसाद सिटौलाको प्रमुख आतिथ्य एवं लवकुमार चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल बिमली , संस्थाका संस्थापक शेयर सदस्य पुष्पलाल चौधरी , सम्मानित व्यक्तित्व विनोद बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक बस्नेत , समाजसेवी कपिलमुनी शिवाकोटीलगायतलाई सम्मान गरिएको थियो । उपाध्यक्ष युवराज बिमलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मीरा कार्की खड्काले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्