बिर्तामोड, पुष २६ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले आफ्नो अतिरिक्त क्रियाकलापलाई संस्थागत रुपमा शुरुवात गरेको छ ।

आदर्श चिन्तन नाम दिएको मुख्य क्रियाकलापलाई शिक्षा र सद्भाव सम्बृद्धिका लागि भन्ने नाराका साथ विधार्थी तथा समाजका लागि विभिन्न कार्यक्रम गरिने भएको हो । आदर्श चिन्तनको शुरुवातमा प्रखर वक्ता तथा पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेललाई कार्यक्रमको प्रमुख वक्ताको रुपमा ल्याई कार्यशाला सम्पन्न गरिएको छ ।

कलेजका निर्देशक संजोग खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रखर वक्ता खरेलले विधार्थी र युवाहरुमाझ आफ्नो वाल्यकाल, , युवा अवस्था र प्रहरी हुँदाको अनुभव सुनाउँदै युवालाई प्रेरणाका कुराहरु राखेका थिए । युवा शक्तिले नै देशलाई अग्रगामी नेतृत्वमा लैजाने उनले बताए । कृति भट्टराईले सञ्चालन गरेको कार्यक्रम आदर्श व्याङ्केट बिर्तामोडमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्