बिर्तामोड , पुष २८ । सुनसरीको रामधुनी नगरपालिका–७मा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी रामधुनी–७ का २५ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को.२त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।