झापा , पुष २८ । मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानबाट लागूऔषध ब्राउनसगुरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार राति पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्ससहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्