झापा , पुष ३० । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज)को महाधिवेशन सरेको छ ।

माघ ७ गते चितवनको सौराहमा गर्ने तय भएको महाधिवेशन एक महिना पछि सारिएको फोनिजका महासचिव मनोज घर्तिले जानकारी दिए । बिहीबार साँझ बसेको फोनिज संघीय समितिको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले जारी गरेको आदेश पालना गर्दै महाधिवेशनको मिति सार्ने निर्णय गरिएको घर्तीले बताए । कोरोना संक्रमणमा कमी आएमा आगामी फागुन ७ गते महाधिवेशन गर्ने फोनिजले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्