बिर्तामोड , माघ १ । मकर संक्रान्तिको अवसरमा छठ समाज सेवा समिति बिर्तामोडले दुई ठाउँमा खिचडी वितरण गरेको छ ।

बिर्तामोडको मुक्ति चोक छेउ र बिर्ताबजारको दुर्गा मन्दिर अगाडि छठ समाज सेवा समितिले खिचडी वितरण गरेको हो । बिर्ताबजारको दुर्गा मन्दिर अगाडि ६ सयभन्दा बढीलाई प्रसादको रुपमा खिचडी वितरण गरिएको कार्यक्रम संयोजक रामेश्वर मण्डलले बताए । उनले प्रसाद ग्रहण गर्न आउनेहरुलाई मास्क समेत वितरण गरिएको जानकारी दिए । कार्यक्रममा अजय शाह ,मुन्ना शाह , ओमप्रकाश शाह , नन्दु चौधरीलगायतको सहयोग रहेको थियो ।कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला , नेपाली कांग्रेसका प्रेम उप्रेती ,युवा समाजसेवी कैलाश प्रसाई , आकाश उप्रेतीलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बिर्तामोडमा पनि खिचडी वितरण गरिएको छ । छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्