बिर्तामोड , माघ ७ । सदरमुकाम फिदिमबाट लागूऔषध ब्राउनसुगरसहित एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा फिदिम बजारमा होटल सञ्चालन गर्दै आएकी २९ वर्षीया युवती रहेको प्रहरीले जनाएको छ । बिशेष सूचनाको आधारमा उनलाई ८ ग्राम ब्राउनसुगरसहित बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिश्वकर्माका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।