बिर्तामोड , माघ ७ । विद्यार्थी संगठन अनेरास्ववियु झापाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोध जनाएको छ ।

जिल्ला कमिटी झापाको आयोजनामा जिल्लाका विद्यार्थी नेताले सांकेतिक रुपमा जुलुस र खबरदारी गरेका हुन् । उनीहरुले परमादेशी सरकारले अस्वाभाविक रुपमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै यसबाट आम नागरिकलाई दैनिक जीवनमा समस्या परेकाले बिरोध जनाएको बताएका छन् ।
बिर्तामोडको मुक्ति चौकमा आयोजित कोणसभालाई संबोधन गर्दै संगठनका अध्यक्ष रोशन लामाले नेतामुखी सत्ता र संविधानविपरित सरकार भएकाले जनताले दुःख पाएको र बढेको मूल्य फिर्ता नभए आन्दोलनको नेतृत्व झापाबाट हुने चेतावनी दिए। यस्तै एमाले जिल्ला कमिटी सदस्य टिका मंग्रान्तिले जनताको ढाड सेक्ने र ओली सरकारले ब्यबस्थापन गरेको खोप समेत लुकाएर सरकारले बितण्डा मच्चाएको आरोप लगाए ।