झापा , माघ १० । सुनसरीको ईटहरी उपमहानगरपाललिका–१० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेका छन् । हिजो साँझ ६ बजे ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन् भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्