झापा , माघ ११ । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको बिर्तामोडमा संक्रमित थपिने क्रम तीब्र रुपमा बढेको छ ।

संक्रमितको बढ्दो तथ्यांकलाई हेर्दा संक्रमण अझ धेरै फैलने संभावना देखिएको छ । किनकि संक्रमण रोक्नतर्फ कसैले चासो लिएको पाइदैन ।

कोरोनाको तेस्रो लहरमा बिर्तामोडमा ओमिक्रोनले एकजनाको मृत्यु भइसकेको छ । बिर्तामोड २ का ४५ वर्षिय पुरुषको बिर्तासिटी हस्पिटलमा हिजो मृत्यु भएको हो । योसहित कोरोना संक्रमणबाट बिर्तामोडमा अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको छ ।

बिर्तामोडको तथ्यांकलाई हेर्दा माघ १ देखि हिजो १० गतेसम्म ३०२ जना संक्रमित भएका छन् । माघ १ गते कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन । तर, माघ २ गते ११ जनामा संक्रमण पुष्टि भयो । त्यस्तै माघ ३ गते ३९ , ४ गते ४१ , ५ गते ४० , ६ गते ५४ , ७ गते ३८ , ८ गते ३ , ९ गते ४६ र हिजो १० गते ३० जना नयाँ संक्रमित थपिएका छन् ।

तेस्रो लहरमै बिर्तामोडमा ३६५ सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये एकजना अस्पतालमा भर्ना भएको र अन्य होम आइसोलेसनमा रहेको बिर्तामोड नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्