झापा , माघ ११ । जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण भएपछि झापाको अर्को नगरपालिकाले पनि सेवा बन्द गरेको छ ।

कनकाई नगरपालिकापछि गौरादह नगरपालिकाले पनि सेवा बन्द गरेको हो । गौरादह नगरपालिकाले हिजो एक सूचना जारी गरी माघ १६ गतेसम्मका लागि अति आबश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सेवा स्थगित गरिएको जनाएको छ । नगर प्रमुख रोहितकुमार शाहद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाका धेरै जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएको जनाइएको छ । यसअघि कनकाई नगरपालिकाले माघ ७ देखि १४ गतेसम्मका लागि सेवा बन्द गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्