मेचीनगर , माघ १२ । मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती चढेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज साँझ ७ बजे मेचीनगर ७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले बिपरित दिसाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने ३५ वर्षिय सन्तोष राजवंशी घाइते भएका थिए । घाईतेलाई सोही गाडीमा प्रहरी कर्मचारीसहित उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएकोमा साँझ ७.३० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव तत्काल सोही अस्पतालमा नै रहेको , दुर्घटना गराउने मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र सोही गाडीका चालक मेचीनगर ७ आयाबारी बस्ने ४८ वर्षिय राजकुमार प्रधान ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपमेयर उप्रेती चढ्ने सो गाडीले उप्रेतीलाई विराटनगरमा छोडेर कार्यकर्ता लिएर फर्किने क्रममा ठक्कर दिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्