झापा , माघ १४ । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को.१ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए । उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६०० रूपैयाँ नगद बरामद गरेको अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङको केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ का ३७ वर्षीय दलबहादुर मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्