बिर्तामोड , माघ १५ । बिर्तामोड १० स्थित सहयोगी समाजलाई नोबेल मेडिकल कलेज विराटनगरले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले नोबेल मेडिकल कलेजले संस्थालाई एम्बुलेन्स प्रदान गरेको हो , आज एक समारोहका बीच मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले एम्बुलेन्सको चाबी संस्थाका अध्यक्ष नविन बिमलीलाई हस्तान्तरण गरे ।

गत वर्ष आएका बेला मेडिकल कलेजका संचालक डा. सुनिल शर्माले एम्बुलेन्स उपलब्ध गराएर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता मेडिकल कलेजले पूरा गरेको हो । बिर्तामोडकै ठूलो भूभाग भएको वडा नं १० मा भरपर्दो एम्बुलेन्स सेवा थिएन । ज्ञानज्योति पुस्तकालयको एम्बुलेन्स बिग्रिसकेकाले त्यस क्षेत्रका सर्वसाधारणलाई समस्या रहेको थियो । अब सहयोगी समाजलाई एम्बुलेन्स प्राप्त भएसंगै त्यो समस्या हटेको अध्यक्ष बिमलीले बताए । संस्थाका अध्यक्ष बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद ओमप्रकाश सरावगी रहेका थिए ।

त्यस अवसरमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन)को जिल्ला अध्यक्ष निर्वाचित हुने बिर्तामोड १० निवासी सडकलाल राजवंशीलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष रुपनारायण मुखियाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य गीता पाखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्