झापा , माघ १५ । ओमिक्रोन भाइरसले झापामा थप एकजनाको मृत्यु भएको छ ।


पछिल्लो पटक बिर्तामोड नगरपालिकाकी ६६ वर्षिया महिलाको ओमिक्रोनले मृत्यु भएको हो । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई पिसिआर विधिबाट संक्रमण पुष्टि भएको थियो । योसहित झापामा लगातार तीन दिनमा ३ जना संक्रमितको मृत्यु भइसकेको छ । तेस्रो लहरमा ओमिक्रोन संक्रमणबाट झापामा ८ जनाको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६४ पुगेको छ ।

यसैबीच पछिल्लो पटक झापामा ७५ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ३० महिला र ४५ पुरुष रहेका छन् । शनिवारसम्म झापामा सक्रिय संक्रमितको संख्या २०३२ पुगेको छ ।त्यसमध्ये २२ जना अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्