बिर्तामोड, माघ १८ । नेकपा ( एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको भेला सम्पन्न भएको छ ।

झापा जिल्ला अध्यक्ष सुनिल थापाको अध्यक्षतामा सचिब प्रतिक राजवंशीले संचालन गरेको भेलाको प्रमुख अतिथि पार्टी जिल्ला अध्यक्ष वेदराज रेग्मी रहेका थिए ।

पार्टी जिल्ला अध्यक्ष रेग्मी, युवा संघ नेपालका केन्द्रीय सचिव प्रत्युस राना, प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुुख तीर्थ सिग्देल, बिर्तामोड पार्टी अध्यक्ष श्रीप्रसाद सिटौला, अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचे, युवा संघका केन्द्रीय सदस्यहरु हरि पौडेल र निरज नारायण निरौलाले बोलेका थिए ।

भेलाले ५१ सदस्यीय युवा संघ नेपाल बिर्तामोड नगर कमिटी गठन गरेको छ । जसको अध्यक्षमा सन्देश खुलाल, उपाध्यक्षमा विनोद उप्रेती र सौरव तामाङ, सचिवमा नगेन्द्र निरौला, कोषाध्यक्षमा विद्या थापा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्