बिर्तामोड , माघ १८ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को बिर्तामोड वडा नम्बर ३ को पार्टी कार्यालय उद्घाटन भएको छ ।

एमाले झापाका अध्यक्ष दिपक कार्कीले मंगलबार एक कार्यक्रमका बीच रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन् ।

वडा कमिटी अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला कमिटी सदस्य प्रबिन पोख्रेल, अफ्रोज खान, नगर कमिटी उपसचिब मदन बुढाथोकी, नगर सदस्य हिमाल मैनाली, प्रकाश भट्टराई, उदय शंकर शाह,नवीन शिवाकोटी कैलाश प्रसाईं, टीका खरेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन वडा सचिव हरि बाँस्कोटाले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्