बिर्तामोड , माघ १८ । बिर्तामोड नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदिम गएको दुई साताभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने हो ? भनेर टुंगो लागिसकेको छैन ।

यद्यपि बिर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउन धेरैले इच्छा व्यक्त गरेका छन् । प्रदेश नं १ को मुख्यमन्त्री कार्यालयबाट विनोद न्यौपाने , त्यसैगरी सुनसरीको रामधुनी नगरपालिकाबाट ओमकार न्यौपाने , त्यस्तै अग्नि अधिकारीको बढी चर्चा रहेको छ । तर , सामान्य प्रशासन मन्त्रालयले कसलाई बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने हो ? त्यो हेर्न बाँकी छ । सबैले आ–आफ्नो ठाउँबाट लबिङ गरिरहेको जनाइएको छ ।

यसअघि बिर्तामोडमा आएका प्रमुख प्रशासकीय अधिकृतहरुले पनि ठूलो सोर्सफोर्स लगाएका थिए । नगरपालिकाको आर्थिक कारोबार रोकिएकाले अब केही दिनभित्र नयाँ प्रमुख प्रशासकीय अधिकृतको टुगो लाग्ने वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्