झापा , माघ २० । सबैभन्दा बढी विदेश अनुपस्थित भएका ५ जिल्लाहरुमा झापा तेस्रो स्थानमा परेको छ ।

फाइल तस्वीर

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी विदेश अनुपस्थित भएका ५ जिल्लाहरुमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश अनुपस्थित हुने ५ जिल्लाहरुमा मनाड, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।
नतिजा अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५,१०८ जना प्रतिवर्ग किलोमिटर र मनाड जिल्लामा सवैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् । त्यसैगरी मनाड, मुस्ताड, डोल्या र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग कि.मि. भन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनत्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्दछन् ।

परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसंख्या जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा वसोबास गरेका देखिन्छन् । जसमध्ये १७६३,३१५ पुरूष (८१.२८ % ) र ४,०६,१०३ महिला (१८.७२%) रहेका छन् । दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू) संख्या १९,२१,४९४ थियो, जसमध्ये पुरूष १६,८४,०२९ (८७.६४%) र महिला २,३७,४०० (१२.३६४) थिए । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९% ले बढेको देखिन्छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्