बनियानी , माघ २० । कचनकवल गाउँपालिकाले बिहीबार १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीको अध्यक्षतामा गठित स्थानीय समन्वय समितिले परिचयपत्र वितरण गरेको हो । पूर्ण अशक्त अपाङ्गता वर्ग ‘क’ को ३ , अति अशक्त अपाङ्गता वर्ग ‘ख’ को ७ र मध्यम अपाङ्गता वर्ग ‘ग’ को ७ वटा परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।

यसअघि ४२४ महिला र २७८ पुरुष गरी ७०२ जनाले अपाङ्गता परिचयपत्र पाएका थिए । पूर्ण अशक्त अपाङ्गता वर्ग ‘क’ को रातो कार्ड ११७ , अति अशक्त अपाङ्गता वर्ग ‘ख’ को निलो ४१४ , मध्यम अपाङ्गता वर्ग ‘ग’ को पहेलो कार्ड ११२ र सामान्य अपाङ्गता वर्ग ‘घ’ को सेतो कार्ड ५८ जनाले पाएका थिए । अब अपाङ्गता परिचयपत्र पाउनेको संख्या कचनकवलमा ७१९ पुगेको छ । स्थानीय तहमा गइसकेपछि त्यति जनाले अपाङ्गता परिचयपत्र पाएका हुन् । यसअघि महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचयपत्र वितरण गर्ने गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्