झापा , माघ २१ । सुनसरीको धरान उप–महानगरपालिका–१४ बाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धरान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन् । हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्याव्लेट बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका चारैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्