बिर्तामोड, माघ २२ । नेकपा एकीकृत समाजवादीको बुद्धशान्ति गाउँ कमिटी गठन भएको छ ।

प्रदीप धिमालको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा दिनानाथ पौडेल, मेघराज आचार्य, ज्ञानेन्द्र कार्की, सचिवमा बिभिसण वाग्ले, सहसचिवमा कृष्ण आचार्य, हेमराज सुवेदीलगायत रहेका छन् ।

दुर्गा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे, केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहष्पति खतिवडा, भोला उप्रेती, झापा जिल्ला कमिटी सदस्य बि. पी. भट्टराई, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, हेमन्त नेपाल र प्रदिप धिमालले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन विभिषण वाग्लेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्