बिर्तामोड , माघ २२ । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले ५२ दृष्टिबिहीन परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

झापा नेत्रहीन संघसंग आवद्ध दृष्टिबिहीनहरुले विभिन्न स्थानमा आफ्नो गायन कला प्रदर्शन गरी गुजारा चलाउँदै आएका छन् । हालै चिसो बढेसंगै गाएर हिड्न समस्या भएपछि बिर्तामोड,भद्रपुर सुरुङ्गा,दमक,गौरीगञ्जलगायतका ५२ परिवारलाई ३० केजी चामल,दाल,नुन,आदि वितरण गरिएको हो ।

सहयोगी दाताहरु गणेश भट्टराई दुबई,मकर गुरुङ अमेरिका, इन्द्र गहतराज,विकास श्रेष्ठ,हिमा घतानी,रिना चौधरी,हेमलता लिम्बू,कृष्णदेवी कार्की,मनोज बजगाई,जुगलकिशोर सरियालगायतबाट संकलित ५३ हजार ५२० रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख धु्रबकुमार शिवाकोटी, बिशेष अतिथि सामाजिक ब्यक्तित्व शेरबहादुर थापा,जगतबहादुर मगर, यशोदा बराल, द्रोणप्रसाद निरौला,सुनिता धिमाल,भोला अधिकारी, अभिचन्द्र बाँसकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । अभियानका अध्यक्ष गणेश ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव रन्जित परियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्