बिर्तामोड, माघ २२ । करिव एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको बिर्तामोड नगरपालिकामा आइतबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर बिनोद न्यौपाने आउन लागेका हुन् । बिर्तामोडका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललाई पाँचथरको फिदिम नगरपालिकामा सरुवा गरिएपछि पुस २६ देखि बिर्तामोड प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।

शुक्रबारको निर्णयबाट न्यौपानेलाई दुहबी नगरपालिकाबाट बिर्तामोड नगरपालिकामा सरुवा गरिएको हो । बिराटनगरका स्थायी बासिन्दा न्यौपानेको यसअघि झापाको राजगढमा बसोबास रहेको उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्