झापा , माघ २३ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार भएको मन्त्रिपरिषद् विस्तारसँगै अब मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषि मन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारण मन्त्रीमा ओमप्रकाश सरावगी र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्रप्रसाद घिमिरे नियुक्त भएका हुन्।

जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन–तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका हुन्। एकीकृत समाजवादीबाट राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे, माओवादी केन्द्रबाट रामकुमार राई र झलकबहादुर मगर र कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सरावगी र शेखरचन्द्र थापा मन्त्री बनेका छन्।प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्