मेचीनगर , माघ २३ । धुलाबारी जुनियर जेसीजद्वारा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

‘ जेसिआई फर यु’ नामक तालिमको सहायक प्रशिक्षकको रूपमा धुलाबारी जुनियर जेसीजका संस्थापक अध्यक्ष सुलभ भण्डारी र प्रमुख प्रशिक्षक जेसिआइ नेपालका ट्रेनर योगेश राजवंशी रहेका थिए ।

कार्यक्रमको अध्यक्षता धुलाबारी जुनियर जेसीज वर्ष २०२२ का अध्यक्ष सचेत घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव बिष्णु चिमरियाले गरेका थिए । सो अवसरमा धुलाबारी जनियर जेसीजका निवर्तमान अध्यक्ष शैलेस गौतमको जन्मदिन मनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्