झापा , माघ २४ । दुई दिनअघि परेको वर्षाले हिउँदे बालीलाई फाइदा पुगेको छ ।

खासगरी गहुँ , मकै , तोरी ,फापर , आलसजस्ता हिउँदे बालीलाई फाइदा पुगेपछि किसान हर्षित भएका छन् । त्यस्तै तरकारी बालीमा पनि फाइदा पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

पुषको पानी रुखो र माघको पानी उत्तम हुने भएकाले माघको तेस्रो साता परेको पानी बालीनालीका लागि अति फाइदाजनक भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । झापामा ११ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको जनाइएको छ । त्यस्तै ४० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकै खेती गर्ने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्