झापा , माघ २४ । फागुन १ गतेदेखि विद्यालयमा भौतिक रूपमा पठन-पाठन सुरु हुने भएको छ ।


आइतबार कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ( सीसीएमसीसी ) को बैठकले विद्यालय खोल्ने निणर्य गर्दै कार्यान्वयनकालागि सरकारलाई सिफारिस गरेको हो । सिसिएमसीले १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । त्यस्तै १२ वर्षमुनिका बालबालिकालाई बारअनुसार आलोपालो कक्षामा सहभागी गराउन सिफारिस गरेको छ । कोभिड-१९ को तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द भएका थिए । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निणर्य सरकारले गरेको थियो । यसैगरी सिसिएमसीले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालीन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ । रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । पार्टी प्यालेसमा पूणर् क्षमताको ५० प्रतिशत अथवा १०० जनाभन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न दिन सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्