बिर्तामोड, माघ २४ । प्रेस सेन्टर नेपाल झापाले हालै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्याङ्कन गर्न माग गरेको छ ।

सेन्टरका झापा अध्यक्ष झुलन रेग्मीले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै पुनः मूल्याङ्कन गर्न माग गरेका हुन् । प्रेस काउन्सिलले प्रत्येक वर्ष देशभरबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को वर्गीकरण नतिजा विभेदपूर्ण भएको भन्दै सेन्टर नेपाल झापाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।

सेन्टरले पत्र–पत्रिकाको वर्गीकरण नतिजा निष्पक्ष नदेखिएको तथा राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा वर्गीकरण भएको ठहर गरेको छ । बिज्ञप्तिमा भनिएको छ ‘पत्रपत्रिका प्रकाशन, वितरण, निरन्तरता, विषयवस्तुको प्रस्तुति, प्राविधिक पक्ष, भाषा, आकार, छपाई र कागजको गुणस्तर लगायतका विषयवस्तुप्रति गम्भीर बनेर पुनः वर्गीकरण आग्रह गर्दछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्