झापा , माघ २५ । ताप्लेजुङको फुङलिङ नगरपालिका -४ क्याम्पस लाईनका ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको करेन्ट लागी मृत्यु भएको छ ।

हिजो दिउसो साँढे ११ बजे फुङलिङ नगरपालिका-५ बिरेन्द्र चौकमा टेक बहादुर श्रेष्ठको घरमा बिद्युत लाईन बिग्रिएको कारण लाईन बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागी पोलबाट भुईमा बझारिन गई घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती १२ बजे मृत्यु भएको हो । लिम्बु बिद्युत कार्यालय ताप्लेजुङका कर्मचारी रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्