झापा , माघ २५ । सुनसरी कोशी गाऊपालिका-८ मा भण्टाबारी बजारबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी कंचनरुप नगरपालिका-१२ का २९ बर्षीय धनकुमार विश्वकर्मा रहेका छन् । हिजो बेलुका ४ बजे सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई DIALUX–DC २ बोतल, SPASMO PROXYVON PLUS ३२ ट्याब्लेट, NIRAVET–10 ३० ट्याब्लेट , NITROSUN–10 ५० ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।