झापा,माघ २५ । राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच भूमिहीन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ ।

आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोगबीच दुईपक्षीय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलकसिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यसपछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनोट गरेको हो ।आयोगले पहिलो चरणअन्तर्गत जिल्लाको दमक,कनकाई,शिवसताक्षी र वुद्वशान्तिलाई छनोट गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्