झापा , माघ २५ । मेची अस्पताल भद्रपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने दुवै महिला हुन् । बिर्तामोड नगरपालिका वडा नं ८ की २८ वर्षिया महिलाको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने मेची अस्पतालमै इलामकी ६५ वर्षिया महिलाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा लगातार कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । सोमबार अर्जुनधारा ९ की ४५ वर्षिया महिलाको मृत्यु भएको थियो । हालसम्म झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७१ पुगेको छ ।
यसैबीच मंगलबार झापामा १७ महिला र १४ पुरुष गरी ३१ जना नयाँ संक्रमित थपिएका छन् । मंगलबारसम्म जिल्लामा १११३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये १४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चांैलागाईले बताए ।




