झापा , माघ २५ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् ।

मंगलबार झापाको बिर्तामोडमा भएको भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष दिलिप थापा, सचिव रिता दाहाल, सहसचिव गोविन्द ल्वागुन, विमर्श उप्रेती, किशोर उपरकोटी, कोषाध्यक्ष कमल बुढाथोकी रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन् ।

कार्यक्रममा समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तिर्थ सिग्देल, केन्द्रीय सदस्य लिला बराल, पर्वत पोर्तेल, एकीकृत समाजवादी पार्टीका केन्दीय सदस्य नीलमणी बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी , नगर अध्यक्ष श्रीप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्