दमक , माघ २५ । व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र भद्रपुर र दमक अपाङ्ग सहयोग समितिको साझेदारीमा संचालित आधारभूत निःशुल्क ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा एकीकृत अपाङ्गता पुनःस्थापना केन्द्र ताराबारीमा तालिम सम्पन्न भएको हो ।
तालिम केन्द्रका निमित्त कार्यालय प्रमुख रमेश कोइराला, दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारीको बिशेष आतिथ्यता रहेको समापन कार्यक्रममा ४ नं. वडा अध्यक्ष कुमार साम्सोहाङ तालिम केन्द्र झापाका कर्मचारी गौतम पौड्याल, प्रशिक्षकद्वय लोकबहादुर राउत ,हिराकुमारी राईको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा दमक अपाङ्ग सहयोग समितिका पूर्व पदाधिकारी, सदस्यहरू, वर्तमान कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ओलीले सिलाई कटाई तालिमका १९ जना सहभागीलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

सिलाई कटाई तालिमका सहभागीहरूले तालिमको सिलसिलामा तयार पारेका ३४२ थान सामग्रीहरू तालिम केन्द्रका निमित्त कार्यालय प्रमुख कोइरालाले दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईलाई हस्तान्तरण गरेका थिए । दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भक्तबहादुर बस्नेतले स्वागत गरेका थिए । संस्थाका सचिव मदनकुमार बोहोराले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्