झापा , माघ २८ । सुनसरीको धरान उपमहानगर पालिका-१६बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन् । हिजो बेलुकी साढे ५ बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्