मेचीनगर, माघ २९ । मेचीनगर १४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।

झापा , मोरङ, इलाम र सुनसरीका १५ वटा दमकल ,जनपद प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , स्थानीयलगायतको प्रयासमा भर्खरै आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । धेरैजनाको प्रयासबाट पूर्णरुपमा क्षति हुनबाट जोगाइएको उनले जानकारी दिए ।

‘आगो फैलनबाट जोगाइएको छ’ उनले भने ,‘ भित्रपट्टीको आगो भने निभाउने क्रम जारी छ ।’ उनले एउटा पक्की घर , तीनवटा तेल ट्यांकी, पछाडिपट्टी रहेको सामानलगायतका धनमाल जोगाउन सफल भएको जानकारी दिए । ‘ तेलको ट्यांकीमा सल्केको भए धेरै क्षति हुन सक्थ्यो’ उनले भने । आगलागीबाट महँगो मेशिनसहित करोडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । यसपटक भने मेचीनगर नगरपालिकाको दमकल आगो निभाउन खटिएको छ भने भारतबाट कुनै पनि दमकल आएको छैन ।

चार वर्षअघि एक अर्बको लगानीमा झापाली उद्योगीहरुले सो उद्योग स्थापना गरेका थिए । ९ दिनअघि काँकरभिट्टाको एसएस फुटवेयरमा पनि आगलागी भएको थियो । त्यस आगलागीमा साढे ९ करोडको क्षति भएको संचालकले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्