झापा , माघ २९ । झापाको मेचीनगरमा करेन्ट लगाई माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ ४ बजे मेचीनगर १३ सुगम टोलस्थित फुलबासा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ५० वर्षिय मानबहादुर बराइलीको मृत्यु भएको हो ।

आफ्नै घरबाट विजुलीको तार जडान गरी घरदेखि १५ मिटर पश्चिम खोलामा माछा मार्ने क्रममा बराईलीलाई अचानक करेन्ट लागेको थियो । घाईतेलाई उपचारको लागि बिर्तामोडतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्