झापा , माघ २९ । झापाको शिवसताक्षीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार बिहान अन्दाजी ९ः३० बजे शिवसताक्षी नगरपालिका १ बस्ने टिकामाया श्रेष्ठका ३ वर्षिय छोरा आयुस श्रेष्ठको घरबाट अन्दाजी १५० मिटर उत्तरमा रहेको सडकको नालीको पानीमा डुबेर मृत्यु भएको हो ।

नालीमा डुबिरहेको अवस्थामा बालकका काका दिनेश श्रेष्ठले देखेर तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक पुर्याइ उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्